विश्वकप छनोट : नेपाललाई बलिङ र ब्याटिङ दुवैमा सन्तुलन राख्न चुनौती

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ फाल्गुण, २०७८
२ वर्षअघि
Nepal t20 cricket squad

नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गतको ग्लोबल छनोटको तयारीमा छ ।

ओमानमा शुक्रबारदेखि २४ तारिखसम्म ग्लोबल छनोट खेल आयोजना हुने छ ।

यही वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ ।

समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरेर आठ टोली छन् ।

आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् ।

अर्को समूहमा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् ।

नेपालले उद्घाटन खेलमा नेपालले फेब्रुअरी १८ तारिख आयोजक ओमानसँग खेल्नेछ ।

यसैगरी, ग्लोबल छनोटका लागि समूह ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् ।

समूह ‘बी’ को छनोट खेल भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ ।

दुवै समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

ओमानमा शुक्रबारदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।

विश्वकपमा छनोट हुनका लागि नेपाल घरेलु टोली ओमानविरुद्ध सुखत नतिजा निकाल्ने लक्ष्यमा छ ।

नेपालका प्रशिक्षक पुबुदु दसानायलेले टोली छनोट खेलका लागि तयार भएको बताएका छन् ।

कप्तान सन्दीप लामिछानेले टोलीको अवस्था र प्रदर्शन हेर्दा विश्वकप छनोट हुने दाबी गरेका छन् ।

एक महिना तयारी गरेर ओमान पुगेको नेपाली क्रिकेट टोलीले ओमानमा चार देश सम्मिलित टी–२० सिरिज समेत खेलेको थियो ।

सिरिजमा नेपालले एक खेलमात्र जितेको थियो ।

नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।

नेपाल युएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।

विश्वकपमा छनोट हुन नेपाललाई सिरिजमा देखिएको कमजोरीलाई सुधार गर्नुपर्ने आवश्यकता छ ।

युएईविरुद्ध बलिङमा चुकेको नेपाल, आयरल्यान्डविरुद्ध ब्याटिङमा चुकेको थियो ।

त्यसैले नेपाललाई बलिङ र ब्याटिङ दुवैमा सन्तुलित बनाउनुपर्ने चुनौती छ ।

नेपालले छनोटको दोस्रो खेलमा शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्ने छ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल जितेर फाइनलमा पुग्ने टोलीले यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

प्रशिक्षक नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षक पुबुदु दासानायेके र राष्ट्रिय क्रिकेट टिमको छनोट समितिको सिफारिसमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

सिरिजपछि टोलीमा करण केसीको स्थानमा मौका पाएका गुलशन झा बिहीबार नै ओमान गएका छन् ।

करण ढाडको समस्याका कारण खेल्न नसक्ने भएपछि टोलीबाट बाहिरिएका हुन् ।

नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।

नेपाली टोली :

कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलसन झा ।

प्रकाशित समय: बिहिबार ५ फाल्गुण, २०७८, २१:३२:२८
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८