विश्वकप छनोट : नेपाललाई बलिङ र ब्याटिङ दुवैमा सन्तुलन राख्न चुनौती

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ फाल्गुण, २०७८
५ वर्षअघि
Nepal t20 cricket squad

नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गतको ग्लोबल छनोटको तयारीमा छ ।

ओमानमा शुक्रबारदेखि २४ तारिखसम्म ग्लोबल छनोट खेल आयोजना हुने छ ।

यही वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ ।

समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरेर आठ टोली छन् ।

आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् ।

अर्को समूहमा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् ।

नेपालले उद्घाटन खेलमा नेपालले फेब्रुअरी १८ तारिख आयोजक ओमानसँग खेल्नेछ ।

यसैगरी, ग्लोबल छनोटका लागि समूह ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् ।

समूह ‘बी’ को छनोट खेल भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ ।

दुवै समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

ओमानमा शुक्रबारदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।

विश्वकपमा छनोट हुनका लागि नेपाल घरेलु टोली ओमानविरुद्ध सुखत नतिजा निकाल्ने लक्ष्यमा छ ।

नेपालका प्रशिक्षक पुबुदु दसानायलेले टोली छनोट खेलका लागि तयार भएको बताएका छन् ।

कप्तान सन्दीप लामिछानेले टोलीको अवस्था र प्रदर्शन हेर्दा विश्वकप छनोट हुने दाबी गरेका छन् ।

एक महिना तयारी गरेर ओमान पुगेको नेपाली क्रिकेट टोलीले ओमानमा चार देश सम्मिलित टी–२० सिरिज समेत खेलेको थियो ।

सिरिजमा नेपालले एक खेलमात्र जितेको थियो ।

नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।

नेपाल युएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।

विश्वकपमा छनोट हुन नेपाललाई सिरिजमा देखिएको कमजोरीलाई सुधार गर्नुपर्ने आवश्यकता छ ।

युएईविरुद्ध बलिङमा चुकेको नेपाल, आयरल्यान्डविरुद्ध ब्याटिङमा चुकेको थियो ।

त्यसैले नेपाललाई बलिङ र ब्याटिङ दुवैमा सन्तुलित बनाउनुपर्ने चुनौती छ ।

नेपालले छनोटको दोस्रो खेलमा शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्ने छ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल जितेर फाइनलमा पुग्ने टोलीले यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

प्रशिक्षक नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षक पुबुदु दासानायेके र राष्ट्रिय क्रिकेट टिमको छनोट समितिको सिफारिसमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

सिरिजपछि टोलीमा करण केसीको स्थानमा मौका पाएका गुलशन झा बिहीबार नै ओमान गएका छन् ।

करण ढाडको समस्याका कारण खेल्न नसक्ने भएपछि टोलीबाट बाहिरिएका हुन् ।

नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।

नेपाली टोली :

कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलसन झा ।

प्रकाशित समय: बिहिबार ५ फाल्गुण, २०७८, २१:३२:२८
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०