विराटनगरको कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डाक्टर यज्ञराज खरेल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार गरेको निर्णयानुसार उनलाई मेसुको जिम्मेवारी तोकिएको हो ।
उनलाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने गरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
डा. खरेल दसौँ तहका चिकित्सक हुन् । उनि कोसी अस्पतालमै वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुन् । यसअघि कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डाक्टर चुमनलाल दासले सम्हाली रहेका थिए ।