जाडो महिनामा अन्य समयको तुलनामा कम पानी पिउने गरिन्छ ।
जाडोमा शरीरमा पसिना नआउने हुदा पर्याप्त पानी पिउन बिर्सने वा पिउन मन लाग्दैन । त्यसमा पनि चिसो वातावरणमा, मिर्गौलाले वास्तवमा धेरै पिसाब उत्सर्जन गर्छ जसकारण पनि शरीरमा पानीको मात्रा कम हुनसक्छ । अपर्याप्त पानीको सेवनले शरीरमा पानीको मात्रा कम भइ डिहाइड्रेसन हुनसक्छ ।
शरीरमा पानी नपुग्नाले ओठ फुट्ने, नाकबाट रगत बग्ने, सुख्खा खोकी, कब्जियत, टाउको दुख्ने, थकान, मांसपेशी दुख्ने र एक्ने जस्ता सामान्य लक्षण तथा रोगहरू निम्तिन सक्ने विराट मेडिकल कलेज शिक्षण अस्पतालका पोषण तथा आहार विभाग प्रमुख/पोषण विज्ञ स्वेच्छा बस्नेत बताउँछिन् ।
जाडोमा मनतातो पानी, सूप, रसदार फलफूलको सेवन गरि शरीरलाई हाइड्रेट गर्न आवश्यक हुने उनले सुझाएकी छिन् । दिनमा कम्तिमा पनि तीन देखि चार लिटर पानी पिउनुपर्छ ।