बर्जु प्रकरण : घरजग्गा धरौटीमा राखेर आयोजकले दियो खेसरीलाललाई क्षतिपूर्ति

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि
दर्शकको भीडले सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेका छन् ।

सुनसरीको बर्जु गाउँपालिकामामा माघ ४ गते भएको बर्जु महोत्सव प्रकरणमा आयोजक समितिले आफ्नो घरजग्गा धराैटीमा राखेर क्षतिपूर्ति बेहोरेको छ ।

छानबिन समितिले १० माघमा आयोजक कमिटीले नै क्षतिपूर्ति बेहोर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

त्यसपछि आयोजक समितिका ६ जनाले आफ्नो घरजग्गा धरौटीमा राखेर क्षतिपूर्ति बेहोरेका छन् ।

आयोजक बर्जु सामुदायिक विकास केन्द्र कार्यक्रम आयोजक कमिटीका अध्यक्ष श्रवणकुमार चौधरीले करिब ५८ लाख क्षतिपूर्ति बेहोरेको जानकारी दिए ।

टिकट बेचेको १२ लाख जति आक्रोशित भिडले लुटेर लगेपछि घरजग्गा धरौटीमा राखेर तथा ऋण लिएर क्षतिपूर्ति तिर्नु परेको चौधरीको भनाइ छ ।

‘एक जनाको भागमा नौ लाख ६६ हजार पर्दो रहेछ,’ चौधरीले शब्द एक्सप्रेससँग भने, ‘घरजग्गा धरौटीमा राखेर र किस्ताबाट रकम निकालेर तिरेका छौँ ।’

उनीहरूले भोजपुरी कलाकार खेसरीलाल यादवलाई ३६ लाख रुपैयाँ तिरेका छन् ।

अघिल्लोपटक बुझाएको १८ लाखमै जोडेर ३६ लाख रुपैयाँ क्षतिपूर्ति बुझाएको अध्यक्ष चौधरीले जानकारी दिए ।

खेसरीलाललाई ३६ लाख, उनीसँग आएका कलाकारलाई पाँच लाख, साउन्ड सिस्टमलाई १५ लाख, कुर्सी र टेन्टवालालाई डेढ लाख रुपैयाँ दिएको हो ।

कुर्सी र टेन्टवालालाई ६ लाख रुपैयाँ दिनुपर्नेमध्ये डेढ लाख दिइएको अध्यक्ष चौधरीको भनाइ छ ।

उनका अनुसार टिकटको अर्धकट्टी बोकेर आएमा उनीहरूले पनि क्षतिपूर्ति पाउने छन् ।

आयोजकले सरकार र प्रशासनको उर्दी लतार्दै महोत्सवको अन्तिम दिन कार्यक्रम गर्न खोज्दा अप्रिय घटना घटेको थियो ।

आयोजकले खेसरीलाललाई विराटनगर ल्याएर महोत्सवको टिकट बेचेको थियो ।

तर खेसरीलाल महोत्सवस्थल नआएको भन्दै आक्रोशित भिडले कलाकारको टिमको चारवटा गाडी जलाएको थियो ।

यस्तै, साउन्डसिस्टस र कुर्सी तोडफोड गर्दा करिब चार करोडको क्षति भएको अनुमान गरिएको थियो ।

माघ ४ गते हुने बृहत्त् कार्यक्रम रोक्न प्रहरीले मुख्य आकर्षक खेसरीलाललाई महोत्सवस्थल पुग्न दिएको थिएन ।

जसकारण तीन सय दरको टिकट काटेर भुँइमा बसेका र पाँच सय दरका टिकट काटेर कुर्सीमा बसेका दर्शक आगजनी र तोडफोडमा उत्रिएका थिए ।

जसका कारण खेसरीलालको टिमका चारवटा स्कारपियो गाडी जलेको थियो ।

दुईवटा ‘भिआइपी’ गाडीहरू भने खेसरीलाल बसेको विराटनगरस्थित होटल एसिया–टिकमा सुरक्षित रहेका थिए ।

 

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, २२:००:५२

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
५ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०