त्रिविको बेथिति : नतिजा प्रकाशनमा अचाक्ली ढिलाइ, विद्यार्थीमा मानसिक असर पर्दै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ माघ, २०७८
५ वर्षअघि
Tribhuvan University Nepal

नेपालकै सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा अनेकाैँ बेथिति छन् ।

त्यसमध्येको एक हो, नतिजा प्रकाशनमा ढिलाइ ।

नतिजा प्रकाशनमा ढिलाइ हुँदा विद्यार्थीहरू मर्कामा परिरहेका छन् ।

अझ, पछिल्लो समय त्रिविले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् ।

जबकि, त्रिवि नियममै उल्लेख छ, ‘परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने छ ।’

तर अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले ६ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम विद्यार्थीले भोगिरहेका छन् ।

स्नातक तह दोस्रो वर्षको केही विषयको परीक्षा गत फागुनमा सञ्चालन भइरहँदा कोरोना सङ्क्रमण फैलिएपछि भदौमा सकिएको थियो ।

अहिले तेस्रो वर्षको परीक्षासमेत फागुनको पहिलो साता सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले तालिका सार्वजनिक गरिसकेको छ ।

तर अघिल्लो वर्षकै नतिजा नआउँदा विद्यार्थीहरू तनावमा छन् ।

स्नातक तह पहिलो वर्षका परीक्षार्थीको पनि फागुनको पहिलो साताबाटै परीक्षाको मिति तय गरिएको छ ।

तर अघिल्लो वर्षको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन ।

अर्को परीक्षा आउन लाग्दा पनि अघिल्लो वर्षको नतिजा नआउँदा विद्यार्थी अन्योलमा परेका छन् ।

यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा सार्वजनिक गर्न जनशक्ति अभाव रहेकाले नतिजा सार्वजनिक गर्न ढिलो भएको बताउँछन् ।

कार्यालयमा हाल रहेका कर्मचारीमध्ये सबै कर्मचारी सूचना प्रविधिमा अभ्यस्त नहुँदा झन् समस्या हुने गरेको त्रिविले बताउँदै आएको छ ।

जोशीका अनुसार पनिकामा कुनै बेला २२४ जना कर्मचारी कार्यरत थिए ।

विभिन्न शाखा मर्ज गरेर उक्त कर्मचारी दरबन्दी १८० जनामा झारिएको छ ।

तीमध्ये पनि अहिले १४१ जना मात्रै कार्यरत छन् ।

परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको काम व्यवस्थित बनाउन अझै ४० जना कर्मचारी चाहिने नियन्त्रक जोशीले बताए ।

परीक्षा र नतिजा प्रकाशनका काममा मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा धेरै समस्या रहेको पनिकाले जनाएको छ ।

पनिकालाई परीक्षा र नतिजा ढिलो गर्ने आरोप मात्रै लाग्ने गरेको तर जनशक्ति व्यवस्थापनका काममा भने चासो नदिएको जोशीको गुनासो छ ।

यस्तै, प्राध्यापकबाट उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण ढिलो हुँदा पनि नतिजा प्रभावित हुने गरेको छ ।

पनिकाकै गोप्य शाखाका एक कर्मचारीका अनुसार कुनै विषयमा प्राध्यापकले सम्परीक्षण गर्न लगेको उत्तरपुस्तिका तीन महिनासम्म पनि फिर्ता नगर्ने प्रवृत्ति छ ।

यस्तो समस्या व्यवस्थापन सङ्कायअन्तर्गतका विषयमा धेरै छ ।

समयमै परीक्षा र नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरू निजामती तथा सङ्गठित संस्थाले आह्वान गर्ने कर्मचारी भर्नासम्बन्धी परीक्षामा सहभागी हुनबाट पनि बञ्चित हुने गरेका छन् ।

यो पनि:

विश्वविद्यालयमै नेपाली भाषालाई उपेक्षा

प्रकाशित समय: सोमबार १७ माघ, २०७८, ०८:१८:२२

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०