विश्वविद्यालयमै नेपाली भाषालाई उपेक्षा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ माघ, २०७८
४ वर्षअघि
विश्वविद्यालयमा नेपाली भाषाकाे प्रयाेग

विद्यालयले भाषिक शुद्धतालाई ध्यान नदिँदा खास ठुलो विषय मानिँदैन तर विद्यालयहरूको पनि विद्यालय मानिने विश्वविद्यालयले नै भाषालाई उपेक्षा गर्ने गरेका छन् ।

सरकारी निकायहरूले जारी गरेको विज्ञप्तिमा भाषिक शुद्धता नहोला । किनकि, त्यहाँ राजनीतिक पहुँचलाई शक्तिमा रूपान्तरण गरेर जागिर खाएकाहरू पनि हुन सक्छन् ।

तर विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै विज्ञप्तिमा भाषालाई उपेक्षा गर्दा यसमा ठुलै प्रश्नचिह्न उठ्न सक्छ । अनि भाषिक शुद्धताको अभियानमा पनि धक्का पर्न सक्छ ।

माघ ९ गते नेपालकै सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले तीन सय शब्दको विज्ञप्ति सार्वजनिक गरेको थियो । जसमा कम्तिमा पनि २० देखि २५ ठाउँमा अशुद्ध देखिएको छ ।

त्यसैगरी, १० माघमा मध्यपश्चिम विश्वविद्यालयले जारी गरेकाे विज्ञप्तिमा पनि ४० देखि ५० ठाउँमा अशुद्ध छ । जबकि, त्यो विज्ञप्ति एक सय ३० शब्दको मात्र छ ।

यी दुई विश्वविद्यालय उदाहरणमात्र हुन् । नेपालका अधिकांश शैक्षिक संस्थाले भाषिक शुद्धतालाई खासै प्राथमिकतामा राखेकाे पाइँदैन ।

नेपालका विश्वविद्यालयहरूले यसरी नेपाली भाषालाई उपेक्षा गर्दा कसैले पनि आवाज उठाएको पाइँदैन ।

विश्वविद्यालयकै सामग्रीमा यतिधेरै अशुद्ध देखिनुले नेपाली भाषाका बारेमा सामान्य ज्ञान पनि नहुने विश्वविद्यालयले कस्ता विद्यार्थी उत्पादन गर्छन् भन्ने प्रश्नचिह्न खडा हुने स्पष्ट छ ।

यस्ता अभियानलाई सार्थकता दिन र भाषा बिगार्नेहरूविरुद्ध बोल्ने प्रायः मिडियाहरूमा नै भाषिक अशुद्धता पाइन्छ ।

उनीहरूको अशुद्ध समाचार ट्रोलका रूपमा पढ्न पनि पाइन्छ ।

भाषा शुद्ध लेख्ने गरेमा नेपाली भाषाप्रतिको गरिमामा थप बढोत्तरी हुन्छ । र, यो भाषिक शुद्धता प्रबलीकरणमा समेत कोशेढुङ्गा साबित हुन्छ ।

हेर्नुहाेस् विश्वविद्यालयद्वारा जारी विज्ञप्तिः

त्रिभुवन विश्वविद्यालयद्वारा जारी विज्ञप्ति
मध्यपश्चिम विश्वविद्यालयद्वारा जारी विज्ञप्ति

प्रकाशित समय: बिहिबार १३ माघ, २०७८, ०७:५७:२८
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड क्षति
शुक्रबार ४ ब‌ैशाख, २०८३
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०