मनाङविरूद्ध एपिएफलाई अग्रता

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
५ वर्षअघि
नेपाल एपिएफ क्लब

नेपाल एपिएफ क्लबले मनाङविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ ।

२०औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा आज पोखरा रङ्गशालामा मनाङ र एपिएफ उपाधिका लागि भिड्दै छन् ।

Advertisement

एपिएफका लागि युवराज खड्काले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

सुरुवाती मिनेटबाटै मनाङ र एपिएफले एकअर्काको पोस्टमा धावना बोल्न सुरू गरेका थिए ।

पाँचौँ मिनेटमा विकी तामाङलाई फाउल गरेपछि मनाङका शिव तामाङले पहेँलो कार्ड पाएका थिए । सोही अवसरमा एपिएफले फ्रिकिक पाए पनि गोल गर्न असफल रह्यो ।

एपिएफका कप्तान नविन लामाले गरेको क्रसमा अर्मान्ड विडोम कनेक्ट हुन सफल भएपनि उनकाे हेडले मनाङको पोस्टको दिशा लिन सकेन ।

नवौं मिनेटमा मनाङका ओलावालेले आडेलाजा सोमिडेका लागि एपिएफको पेनाल्टी क्षेत्रभित्र थ्रु बल निकालिदिए पनि सो अवसरमा मनाङ गोल गर्न असफल रह्यो ।

खेलकाे २०औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफले सुरुवाती अग्रता दिलाउन सफल भए ।

मनाङका प्रवेश कुँवरसँग एपिएफका रवि थिङ बल खोस्न पुगेपछि बल डिफ्लेक्ट भएको थियो । सोही बललाई एपिएफका अर्मान्ड विडोमले नियन्त्रणमा लिँदै गोलका लागि मुभ सुरू गरेका थिए ।

विडोमले राइट फ्ल्याङ्कमा रहेका युवराज खड्काका लागि बल निकालिदिएका थिए । सोही बललाई मनाङको फाइनल थर्डभित्र पुर्याउँदै खड्काले सुन्दर गोल गर्न सफल भए ।

४४औं मिनेटमा मनाङका ओलावलेले प्रयास गरे पनि उनी अफसाइड रहँदै गोल गर्न विफल बनेसँगै मनाङ पहिलाे हाफअघि बराबरी गोल गर्न असफल बन्यो ।

मछिन्द्रलाई ३–१ ले पाखा लगाउँदै एपिएफ र त्रिभुवन आर्मीलाई पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध बनाउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा स्थान बनाउन सफल भएको थियाे ।

आजको खेलको विजेताले ट्रफीसहित दश लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०