पहिलाे हाफमा मछिन्द्र र एपिएफकाे १–१ गोलको बराबरी

मछिन्द्र र एपिएफ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ माघ, २०७८
२ वर्षअघि
फाइनल प्रवेशका लागि मछिन्द्र र एपिएफ भिड्दै

मछिन्द्र फुटबल क्लब र नेपाल एपिएफबीचको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ ।

पोखरामा जारी २०औं आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा यतिबेला मछिन्द्र फुटबल क्बल र नेपाल एपिएफ क्लब खेलिरहेका छन् ।

खेलको २५औं मिनेटमा गोल गर्दै एपिएफले सुरुवाती अग्रता लिएको थियो ।

छिरिङ गुरुङले आफ्नो पेनाल्टी क्षेत्र नजिकै मणि लामालाई फाउल गरेपछि एपिएफले फ्रिकिकको मौका पाएको थियो ।

सोही फ्रिकिकमा एपिएफका लागि २५औं मिनेटमा सनिस श्रेष्ठले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । मणि लामाको क्रसमा श्रेष्ठको हेडरले पोस्टको जाली चुमेको थियो ।

एपिएफले अग्रता लिएपछि पछि परेको मछिन्द्रले गोलका लागि बारम्बार प्रयास गरेको थियो ।

खेलको पहिलो हाफको ४०औं मिनेटमा मछिन्द्र बराबरी गोल गर्न सफल भएको थियो ।

मछिन्द्रका लागि ओमुलाजा नुरेम करिमले हेडमार्फत बराबरी गोल फर्काएका थिए ।

सबिन थापाले मछिन्द्रका मेसुकेलाई फाउल गरेपछि मछिन्द्रले फ्रिकिक पाएको थियो । कप्तान रञ्जित धिमालले प्रहार गरेको फ्रिकिकमा करिमले उत्कृष्ट हेड गर्दै गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ ।

प्रकाशित समय: बुधबार १२ माघ, २०७८, १५:२०:५८

सम्बन्धित खबर

उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
इलाममा ओलम्पियन मिट हुँदै, नेपाल र विदेशका ५० ओलम्पियन सहभागी हुँदै
बिहिबार १३ ब‌ैशाख, २०८१
‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली
बिहिबार १३ ब‌ैशाख, २०८१
वेस्ट इन्डिजसँग खेल्ने नेपालको टोली घोषणा
बिहिबार १३ ब‌ैशाख, २०८१
डढेलो निभाउन गएको दमकल नै जल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
धारिलो हतियार देखाएर बुहारीमाथि बलात्कार, आठ महिनापछि पक्राउ परे ससुरा
बिहिबार १३ ब‌ैशाख, २०८१
पेस्तोल हराएपछि अनुसन्धानमा तानिए वरिष्ठ सई
बुधबार १२ ब‌ैशाख, २०८१
धनकुटामा फस्टायो नरिवल बिस्कुटका उद्योग
बुधबार १२ ब‌ैशाख, २०८१
एन्फा महिला लिग : गण्डकीलाई हराउँदै शीर्ष स्थानमा कोशी
बुधबार १२ ब‌ैशाख, २०८१
रतुवामाई नगरपालिकाले राहत सामग्री बगरमा गाडेको विषयमा सांसद उप्रेतीको चासो
बुधबार १२ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०