नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१८ हजार एक सय तीन नमुनाको पिसिआर परीक्षण गर्दा नौ हजार चार सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सात हजार आठ सय ६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार पाँच सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयले जनाएअनुसार सो समयमा कोभिडका कारण आठ जनाको मृत्यु भएको र तीन हजार ४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार नौ सय ३४ रहेको छ ।