जर्मन बुन्डेसलिगामा बाेरुसिया डर्टमुन्डले हाेफेनहममाथि जित निकालेको छ ।
शनिबार राति डर्टमुन्डले होफेनहमलाई ३-२ गोलले हराएको हो ।
डर्टमुन्डको जितमा इयर्लिङ हालान्ड र मार्को रेउसले एक-एक गोल गरे । डर्टमुन्डले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । होफेनहमका डेभिड राउमले आफ्नै पोस्टमा गोल गरेका थिए ।
होफेनहमका लागि भने एन्ड्रेज क्रमारिक र जर्जिनियो रुट्टरले एक-एक गोल गरेका थिए ।
जितसँगै डर्टमुन्डले साविक विजेता बायर्न म्युनिखलाई उपाधि होडमा चुनाैती पस्किएको छ । दोस्रो स्थानको उसले २० खेलमा ४३ अङ्क जोडेको छ ।
बायर्न भने ४६ अङ्कका साथ शीर्ष स्थानमा छ । उसले १९ खेल खेलेको छ । पराजित होफेनहम भने ३१ अङ्कका साथ छैटाैँ स्थानमा छ ।