यी हुन् आइपिएल अक्सनमा परेका १५ नेपाली खेलाडी

आइपिएल अक्सन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ८ माघ, २०७८
४ वर्षअघि

नयाँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आइपिएल २०२२ को प्लेअर अक्सनका लागि कुल एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराएका छन् भने त्यसमा नेपालबाट १५ खेलाडीको नाम रहेकाे बिसिसिआईले जनाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का आइपिएलका लागि नेपालबाट कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका छन् ।

अहिलेसम्म नेपालबाट कप्तान सन्दीपले मात्र आइपिएल खेलेका छन् ।

नयाँ सिजनको लागि आइपिएल खेल्न विश्वभरबाट एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा आठ सय ९६ जना भारतीय र तीन सय १८ जना विदेशी खेलाडी छन् ।

आइपिएलको अक्सन फ्रेब्रुअरी १२ र १३ तारिख बैँगलोरमा हुनेछ । आइपिएलमा यसपटक १० टोलीको सहभागिता रहनेछ । आइपिएलको औपचारिक घोषणा भने हुने बाँकी छ ।

खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय आठ सय ९६ र विदेशी तीन सय १८ खेलाडीले नाम दर्ता गराएका हुन् ।

एसोसिएट राष्ट्रबाट कुल ४१ खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट १५ खेलाडीले दर्ता गरेको हो । नेपालपछि अमेरिकाका १४ खेलाडीले नाम दर्ता गरेका छन् ।

आइपिएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा दुई सय १७ खेलाडीमात्र छनाेट हुने बिसिसिआईले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित समय: शनिवार ८ माघ, २०७८, २१:१८:०२
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०