पिएम कपको फाइनलमा पुलिस, दिपेन्द्र र पवन नायक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ माघ, २०७८
५ वर्षअघि

वाग्मती प्रदेशलाई ५० रनले पाखा लगाउँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप (पिएम) टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो ।

Advertisement

कीर्तिपुरस्थित टियू क्रिकेट रङ्गशालामा भएको खेलको पहिलो इनिङमा वाग्मतीलाई मध्य स्कोरको लक्ष्य दिन पुलिसका ओपनर पवन सर्राफले उत्कृष्ट प्रदर्शन गरे ।

५४ बलको सामना गरेक सर्राफले तीन छक्का र तीन चौकाको मद्दतमा ५९ रन जोडे । सर्राफबाहेक दिलिप नाथले ३१, अनिल शाहले २५ र आरिफ शेखले १२ रनको योगदान गरे ।

पुलिसलाई रोक्न वाग्मतीका नन्दन यादव र रिजन ढकालले समान दुई–दुई र प्रतिश जिसीले एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीले सुरुवातमै लय गुमाएको थियो । आफ्ना ओपनर इशन पाण्डेलाई एक रनमै गुमाएको वाग्मतीले त्यसपछि भने सुधारिएको ब्याटिङ गरेको थियो ।

मध्यक्रमका ब्याटर खासै चल्न नसकेको वाग्मतीको इनिङलाई सम्हाल्न आदिल खानले २७ र कप्तान ज्ञानेन्द्र मल्ले २३ रन बनाउँदै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेनन् । दुवै खेलाडीलाई खेलका म्यान अफ द म्याच दिपेन्द्र सिंह ऐरीले पेभिलियन फर्काएका थिए ।

त्यसपछि झनै खराब प्रदर्शन गरेको वाग्मतीका लागि अन्तिममा आएका रिजन ढकाल (१५) र रामनरेश गिरी (२२) ले अविजित रहँदै राम्रो प्रदर्शन गरे पनि त्यो फाइनल पुग्न अपुग रह्यो ।

वाग्मतीलाई फाइनल पुग्नबाट रोक्न पुलिसका ऐरी बाधक बने । पूरै चार ओभर बलिङ गरेका ऐरीले १० रन खर्चेर पाँच विकेट लिएपछि वाग्मतीको इनिङ धरापमा परेको थियो ।

ऐरीलाई सागर ढकालले दुई र आरिफ शेखले एक विकेट लिँदै साथ दिएपछि पुलिस पिएम कपको फाइनल पुग्न सफल भयो ।

फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको पुलिसले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा यतिबेला एफिएफ क्लब र त्रिभुवन आर्मी प्रतिस्पर्धा गरिरहेका छन् ।

समूह ‘ए’ को विजेता पुलिस र समूह ‘बी’ को विजेता एपिएफ जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् ।

प्रतियोगिताका विजेताले पाँच र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल खेल भोलि (बुधबार) कीर्तिपुरस्थित टीयू क्रिकेट रङ्गशालामा हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०