फाइनल पुग्न पुलिसले वाग्मतीलाई दियो १५६ रनको मध्यम लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ माघ, २०७८
५ वर्षअघि

प्रधानमन्त्री कप (पिएम) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत मङ्गलबार पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशलाई मध्यम लक्ष्य दिएको छ । 

टियु क्रिकेट मैदानमा जारी खेलमा पुलिसले फाइनल पुग्न  प्रदेशलाई १५६ रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको हो ।

पुलिसका ओपनर पवन सरार्फले सर्वाधिक ५९ रन जोडे भने दिलीप नाथले अजिवति ३१ रन बनाए । अनिल साहले २५ रन जोडे भने आरिफ शेख १२ रनमा आउट भए ।

बागमतीका रिजन ढकाल र नन्दन यादवले समान २-२ विकेट लिए । प्रतिश जिसीले १ विकेट लिए ।

पुलिसले समूह ‘ए’ मा सबै चारवटै खेल जितेर समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस्तै, वाग्मती प्रदेश समूह ‘बी’ को उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको हो । वाग्मतीले चार खेलमध्ये तीन खेलमा जित हात पारेको थियो ।

पुलिस र वाग्मतीबीचको विजेता टिमले त्रिभुवन आर्मी क्लब र एपिएफबीचको विजेता टिमसँग खेल्नेछ ।

पुस २६ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल भोलि त्रिवि मैदानमा हुनेछ ।

प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ३० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २०-२० हजार प्राप्त गर्नेछन् ।

 

प्रकाशित समय: मङ्गलबार ४ माघ, २०७८, ११:०१:४८
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०