बार्सिलोनाको कीर्तिमाननजिक रियल, जित्यो १२औँ पटक सुपर कपको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ माघ, २०७८
३ वर्षअघि

रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति रियादस्थित किङ फहाद अन्तर्राष्ट्रिय रङ्गशालामा ३० हजार समर्थकको अघि भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई २-० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

१० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिक र करिम बेन्जेमाले एक-एक गोल गरे ।  लुका मोड्रिकले खेलको ३८औँ मिनेटमा रियललाई अग्रता दिलाए ।

५२औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै बेन्जेमाले २-० ले टोलीलाई अग्रता बनाए । बिल्बाओका खेलाडीले ह्यान्डबल गरेपछि रियलले पेनाल्टी पाएको थियो, जसलाई बेन्जेमाले सजिलै गोलमा परिणत गरे ।

खेलको ८७औँ मिनेटमा रियलका एडर मिलिटाओले हातले बल रोकेपछि रातो कार्ड पाए । यसबाट पेनाल्टीको माैका पाएको बिल्बाओले गोलमा परिणत गर्न सकेन । राउल गार्सियाको प्रहारलाई थियाबट कोर्टवाले उत्कृष्ट बचाऊ गरे ।

सिजनको पहिलो उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएका दुवै टोली ६४ वर्षपछि फाइनलमा भिडेका थिए । सन् १९५८ को कोपा डेल रेमा यी दुईबीच पछिल्लो पटक फाइनलमा भेट भएको थियो ।

यससँगै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको छ । रियल बार्सिलोनाको १३ वटा सुपरकपको कीर्तिमानको नजिक पुगेको छ ।

रियल पहिलो सेमिफाइनल खेलमा बार्सिलोनालाई ३–२ गोलले हराउँदै फाइनलमा पुगेको थियो भने बिल्बाओ दोस्रो सेमिफाइनल खेलमा एथ्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको थियो ।

प्रकाशित समय: सोमबार ३ माघ, २०७८, ०७:४३:५८
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०