बार्सिलोनाको कीर्तिमाननजिक रियल, जित्यो १२औँ पटक सुपर कपको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ माघ, २०७८
५ वर्षअघि

रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति रियादस्थित किङ फहाद अन्तर्राष्ट्रिय रङ्गशालामा ३० हजार समर्थकको अघि भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई २-० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

१० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिक र करिम बेन्जेमाले एक-एक गोल गरे ।  लुका मोड्रिकले खेलको ३८औँ मिनेटमा रियललाई अग्रता दिलाए ।

५२औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै बेन्जेमाले २-० ले टोलीलाई अग्रता बनाए । बिल्बाओका खेलाडीले ह्यान्डबल गरेपछि रियलले पेनाल्टी पाएको थियो, जसलाई बेन्जेमाले सजिलै गोलमा परिणत गरे ।

खेलको ८७औँ मिनेटमा रियलका एडर मिलिटाओले हातले बल रोकेपछि रातो कार्ड पाए । यसबाट पेनाल्टीको माैका पाएको बिल्बाओले गोलमा परिणत गर्न सकेन । राउल गार्सियाको प्रहारलाई थियाबट कोर्टवाले उत्कृष्ट बचाऊ गरे ।

सिजनको पहिलो उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएका दुवै टोली ६४ वर्षपछि फाइनलमा भिडेका थिए । सन् १९५८ को कोपा डेल रेमा यी दुईबीच पछिल्लो पटक फाइनलमा भेट भएको थियो ।

यससँगै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको छ । रियल बार्सिलोनाको १३ वटा सुपरकपको कीर्तिमानको नजिक पुगेको छ ।

रियल पहिलो सेमिफाइनल खेलमा बार्सिलोनालाई ३–२ गोलले हराउँदै फाइनलमा पुगेको थियो भने बिल्बाओ दोस्रो सेमिफाइनल खेलमा एथ्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको थियो ।

प्रकाशित समय: सोमबार ३ माघ, २०७८, ०७:४३:५८
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०