अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा ५० जनाभन्दा बढी उपस्थित हुन नपाइने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा ५० जनाभन्दा बढी भेला हुन नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुनुपर्ने निर्णय गरेको हो ।
माथि उल्लेख भएबाहेकका एक पटकमा २५ जना भन्दा बढी जम्मा हुने कार्यक्रम सञ्चालन गर्नु परेमा स्वीकृति लिनुपर्ने जनाइएको छ ।
बैठकका अनुसार कार्यक्रम सञ्चालन गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिइ जनस्वास्थ्यका मापदण्ड सहित सम्बन्धित प्रजिअले तोकेका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ ।