पहिलो सिजनको द भ्वाइस किड्सको उपाधि जेनिश उप्रेतीले जितेका छन् ।
प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी कोच रहेको गायन रियालिटी शोको ग्रान्ड प्रिमियरमा आठ प्रतिस्पर्धी छनोट भएका थिए । चार जना कोचका दुई–दुई गरी ग्रान्ड प्रिमियरमा छनोट भएका आठ प्रतिस्पर्धीमध्ये टिम प्रमोदका उप्रेतीले अन्य सातलाई पछि पार्दै उपाधि जितेका हुन् ।
उपाधि जितेका उप्रेतीले १५ लाख नगद, ट्रफिलगायत अन्य पुरस्कार प्राप्त गरेका छन् । उपाधि जितेपछि छोटो प्रतिक्रिया दिँदै जेनिशले आफूलाई माया गर्दै उपाधि दिलाउन साथ दिएका सबैलाई धन्यवाद दिएका छन् ।