भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट पनि सन्यास लिएका छन् ।
शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत कोहलीले सन्यासको घोषणा गरेका हुन् ।
यसअघि उनले गत सेप्टेम्बर १६ मा टी–ट्वान्टी फर्म्याटको कप्तानीबाट राजीनामा घोषणा गरेका थिए । हालै दुबईमा सम्पन्न विश्वकपको अन्तिम खेलमा नामिबियासँग खेलेपछि उनी कप्तानको भूमिकाबाट अलगिएका थिए ।
३३ वर्षीय कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज क्लब रोयल च्यालेन्जर्स बैङ्ग्लोरको नेतृत्व गरिरहेका छन् ।