स्पेनिस सुपर कपको फाइनलमा रियल मड्रिड र बिल्बाओ भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
५ वर्षअघि

स्पेनिस सुपर कपको फाइनलमा रियल मड्रिड र एथ्लेटिक क्लब बिल्बाओ भिड्ने भएका छन् ।

बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा एथ्लेटिको मड्रिडमाथि जित निकाल्दै बिल्बाओ फाइनलमा पुगेको हो ।

Advertisement

साउदी अरबमा भएको खेलमा बिल्बाओले स्पेनिस च्याम्पियन एथ्लेटिकोलाई २–१ गोलले हरायो ।

एथ्लेटिकोले बनाएको सुरुआती अग्रता उल्टाउँदै बिल्बाओले जित निकाल्यो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

६२औँ मिनेटमा बिल्बाओका युनाई सिमोनले आत्मघाती गोल गरेपछि एथ्लेटिकोले सुरुआती अग्रता बनायो ।

एरी अल्भारेजले ७७औँ मिनेटमा गोल गर्दै बिल्बाओलाई बराबरीमा फर्काए ।

८१औँ मिनेटमा विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाए ।

खेलको इन्ज्युरी समयमा जोसे मारिया जिमिनेजले रातो कार्ड पाएपछि एथ्लेटिको १० खेलाडीमा समेटियो ।

र, थप गोल हुन नसकेपछि बिल्बाओले रियल मड्रिडसँगको भेट पक्का गरेको हो ।

रियल बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा बार्सिलोनालाई ३–२ गोलले हराउँदै फाइनलमा पुगेको छ ।

फाइनल खेल १६ जनवरीमा हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०