महाधिवेशनमा बाँडिएका कार्यकर्ताका पाँच प्रजाति

किरण चापागाईँ
सोमबार २६ पुस, २०७८
५ वर्षअघि

भर्खरै नेपाली राजनितिमा नेपालमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरूको महाधिवेशन सकियो । नेपाल कम्युनिस्ट पार्टी (एमाले), सत्तारूढ दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को महाधिवेशन सकिएको छ । महाधिवेशनमा अप्रत्याशित लिएर राजेन्द्र लिङ्देन उदाए भने अरूको नतिजा लगभग आँकलन गरिएकै आएको छ ।

सत्ताको आडको शेरबहादुर देउवाको नतिजा होस् या गोजीको लिस्ट पढ्ने प्रचण्डको नतिजा । अझ भनौँ ‘प्लानिङ’ को चुनावमा केपी शर्मा ओलीको नतिजा । जसको जे नतिजा भए पनि नतिजालाई लिएर कसरी समर्थन गर्ने वा विरोध गर्ने ? जे गरेर भए पनि आफ्नो उपस्थिति स्थापित गर्ने भनेर कार्यकर्तालाई निक्कै सकस परेको देखियो ।

Advertisement

 

लेखक : किरण चापागाईं

कार्यकर्ता मतलब कुनै कार्यलाई स्थापित गर्न भूमिका खेल्ने व्यक्ति । तर अहिलेको अधिवेशन हेर्दा कार्यकर्ता विभिन्न रूपमा बाँडिएका छन् । यसरी महाधिवेसनमा कार्यकर्ताको लगाव हेर्दा उनीहरूलाई निम्न वर्गमा बाँड्न सकिने देखियो ।

१. वास्तविक कार्यकर्ता

यी कार्यकर्ता आफ्नो राजनीतिक पार्टीप्रति निकै बफादार हुन्छन् । पार्टीको हितविपरीत माथिल्लो लेभलबाट दबाब आए पनि पार्टीको हितको लागि चाहिने व्यक्तिलाई नै सपोर्ट गरी पार्टीलाई चलायमान बनाउन खोज्छन् । यिनीहरू अधिवेशन को प्रत्येक तहअनुसार यिनीहरूको नेतृत्व पनि फरक हुन सक्छन् । यिनीहरू कुनै गुट वा लाइनलाई विश्वास नगरी सम्पूर्ण एक हुनुपर्छ भन्ने मान्यता राख्छन् ।

२. ई. कार्यकर्ता

यस्ता कार्यकर्ताको काम भनेकै सामाजिक सञ्जालमा अझ भनौँ फेसबुकमा तारिफ गरेर फोटो ट्याग गर्नेबाहेक अरू हुन्न । दिनमा तीन/चार चोटी फरक–फरक फोटो बनाइ चाहिनेभन्दा धेरै विज्ञापन गरेर ‘म पनि हजुरकै मान्छे हुँ’ भन्ने आभास दिनु नै यी कार्यकर्ताको मुख्य एजेन्डा रहेको हुन्छ ।

३. झोले कार्यकर्ता

वर्तमान राजनीतिमा बढी रूपमा पाइने कार्यकर्ताको प्रजातिमा झोले कार्यकर्तालाई लिन सकिन्छ । यी कार्यकर्ता ती नेताप्रति मात्र बफादारी हुन्छन्, जसले उनीहरूलाई सहयोग गर्ने ल्याकत राख्छन् । यिनीहरू राजनीतिमा पनि कसैको प्रयोजनकै लागि मात्र आएका हुन्छन् । यिनीहरूलाई सिद्धान्त, नीति, नियम, विधान केही थाहा हुन्न । कोही भोलि केही भइन्छ कि भनेर, केही खान पिउन पाइन्छ कि भनेर, कोही यसले जितेर मलाई कतै सेटल गर्छ कि भनेर राजनितिमा लागेका हुन्छन् ।

यीसँग कसैले पार्टीको बारेमा सोधेमा तेरोमा चाहिँ के छ र भनेर टाढिने गर्छन् । यिनीहरू समग्र पार्टीको भन्दा केही सम्पन्न वा भविष्य बोकेका नेताका मात्र हली हुने गर्दछन् । यिनीहरूले आफूले झोला बोकेको नेतृत्वको कूकर्मको नि सकारात्मक व्याख्या गर्ने ल्याकत राख्दछन् । आफ्ना नेतासँगको फोटो हालिराख्ने, आफ्ना नेताले गरेको सानो काम को नि ठूलो प्रचार गर्ने, आफ्ना मालिकबिना देशै नचल्ने गफ दिनेजस्ता विभिन्न अजिव विशेषण यो प्रजातिमा पाइने गरेको छ ।

४. सरल कार्यकर्ता

यी कार्यकर्तालाई नेतृत्व जो होस् केही फरक पर्दैन । यीमात्र अन्तिम लेभलका कार्यकर्ता हुन् । यिनीहरू मात्र आफ्नो परिवार र छरछिमेकमा आफ्नो राजनीतिक निष्ठाप्रति भोट दिन अपिल गर्छन् । जितेमा आफैँ फुरुक्क र हारेमा आफैँ ठुसुक्क हुन्छन् । यिनीहरूको नेतृत्वसँग खासै सम्पर्क हुँदैन ।

५. दलाल कार्यकर्ता

यी कार्यकर्ताको पहुँच सबै राजनैतिक विचारसँग हुन्छ । यी कुनै विचारका स्थायी कार्यकर्ता हुँदैनन् । यी आफ्नो फाइदाअनुरूप जुनसुकै विचारको उपल्लो लेभलको कार्यकर्ता हुँ भनेर प्रमाण पेस गर्ने सक्ने हुन्छन् । यिनिहरू क्षेत्र, जिल्ला, प्रदेशअनुसार फरक–फरक पार्टीको पनि हुन सक्छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०