नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अमेरिकाले बधाई दिएको छ। माओवादीको आठौँ महाधिवेशनबाट अध्यक्षमा निर्विरोध चयन भएका प्रचण्डलाई काठमाडौंस्थित अमेरिकी दुतावासले मङ्गलबार ट्विटरमार्फत् बधाई दिएको हो ।
उसले भनेको छ, ‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन: चयन हुनु भएकोमा प्रचण्डलाई बधाई ! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ ।’
यसअघि दूतावासले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि पुन: अध्यक्ष निर्वाचित भएकोमा बधाई दिएको थियो ।
Congratulations to Pushpa Kamal Dahal @cmprachanda for his re-election as the Chairman of the CPN (MC). The U.S. remains committed to democracy around the world and the democratic processes of Nepal.
— U.S. Embassy Nepal (@USEmbassyNepal) January 4, 2022