काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीका अनुसार गत आइतबारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जना गरी १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।
सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।