प्रहरीले डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा प्रहरीले उपाध्यक्ष बसन्त कुशवाहासहित १३ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।
रौतहटको चन्द्रनिगाहपुरबाट उक्त पार्टीका उपाध्यक्ष कुशवाहासहित नौ जना र कपिलवस्तुबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई पक्राउ गरेको विरोधमा चन्द्रनिगाहपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीचको विवादले अवस्था तनावग्रस्त बनेको छ ।
त्यस्तै, पूर्वपश्चिम लोकमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासबरण गाउँपालिकामा जनमतका कार्यकर्ताहरूले गिट्टी लोड भएको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनीसमेत गरेका छन् ।