नेपाल–भारत हवाई सम्पर्क विस्तारमा सहमति, काठमाडौं–भैरहवा–लखनउ मार्ग दुवैतर्फ सञ्चालन हुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ८ मङ्सिर, २०८३
२५ minutes

विराटनगर । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच यस्तो सहमति जुटेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा हाल एकतर्फी सञ्चालन हुँदै आएको बी–३४५ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्ने उल्लेख छ। यसका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाइने जनाइएको छ।

Advertisement

भ्रमणका क्रममा भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहायता घोषणा गरेको छ। जसमध्ये ५ हजार ६०० करोड रुपैयाँ अनुदान र १८ हजार ४०० करोड रुपैयाँ ऊर्जा आयोजनाका लागि ऋण उपलब्ध गराइनेछ।

त्यस्तै, नेपालले भारतको गुजरातस्थित दीनदयाल बन्दरगाहमार्फत व्यापारिक पारवहन सुविधा पाउने भएको छ। आवश्यक पूर्वाधार तयार भएपछि ओडिसाको पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने भारतले जनाएको छ।

रेल पूर्वाधार विकासतर्फ अयोध्या–जनकपुर ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा उद्घाटन गरिएको छ। रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ भने पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति पनि भएको छ।

ऊर्जा क्षेत्रमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। साथै, चितवनमा कृषि औद्योगिक पार्क स्थापना गर्न अनुदान दिने र नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को शाखा क्याम्पस स्थापना गर्ने सहमति भएको छ।

यसैगरी, दुई देशबीच फरेन्सिक विज्ञान, प्रहरी तालिम, स्वास्थ्य, आयुर्वेद, भू–उपग्रह सञ्चार, सहरी विकास तथा कृषि क्षेत्रसँग सम्बन्धित आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त वक्तव्यमा उल्लेख छ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको माग

सोमबार ८ मङ्सिर, २०८३
५ घण्टाअघि

प्रधानमन्त्री बालेन भारत भ्रमणमा, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई

आईतबार ७ मङ्सिर, २०८३
१ दिनअघि

मधेशका मुख्यमन्त्री यादवको शपथमा प्रमुख दल अनुपस्थित, विश्वासको मत लिन चुनौती

आईतबार ७ मङ्सिर, २०८३
१ दिनअघि

ओलीको आरोप : जेनजी आन्दोलनपछि संविधानविपरीत संसद् विघटन गरियो

शनिवार ६ मङ्सिर, २०८३
२ दिनअघि

प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई मार्गको गाँठो फुक्ने निजी क्षेत्रको अपेक्षा प्रधानमन्त्री

शनिवार ६ मङ्सिर, २०८३
२ दिनअघि

दलको पक्षमा लागेर नेताको चाकडी गर्ने कर्मचारीलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

शनिवार ६ मङ्सिर, २०८३
२ दिनअघि
मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह
सोमबार ८ मङ्सिर, २०८३
नेपाल–भारत हवाई सम्पर्क विस्तारमा सहमति, काठमाडौं–भैरहवा–लखनउ मार्ग दुवैतर्फ सञ्चालन हुने
सोमबार ८ मङ्सिर, २०८३
आईजीपीले म्याद नबुझ्दा दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ सर्‍यो
सोमबार ८ मङ्सिर, २०८३
११ वर्षदेखि अलपत्र बैजनाथपुर क्रिकेट रंगशाला बनाउने जिम्मा कसको? संघ र प्रदेशबीच अन्योल
सोमबार ८ मङ्सिर, २०८३
सुत्केरी गराउन भर्ना भएकी महिलाको मृत्यु, सर्लाहीको अस्पतालमा तोडफोड र आगजनी
सोमबार ८ मङ्सिर, २०८३
दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको माग
सोमबार ८ मङ्सिर, २०८३
सुन तोलामा ४ हजार ८ सय र चाँदी ४५ रुपैयाँले महँगियो
सोमबार ८ मङ्सिर, २०८३
प्रधानमन्त्री बालेन भारत भ्रमणमा, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई
आईतबार ७ मङ्सिर, २०८३
मधेशका मुख्यमन्त्री यादवको शपथमा प्रमुख दल अनुपस्थित, विश्वासको मत लिन चुनौती
आईतबार ७ मङ्सिर, २०८३
नेटफ्लिक्समा आउँदै अजय देवगनको ‘दृश्यम : द कन्क्लुजन’, नोभेम्बर २७ देखि स्ट्रिमिङ
आईतबार ७ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०