दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३ मङ्सिर, २०८३
१६ घण्टाअघि

 

काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

Advertisement

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई तत्कालका लागि प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्न अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यद्यपि, अदालतले उनको मागबारे सरकारसँग कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको हो । साथै, कार्कीलाई पुनर्बहाली गर्ने वा नगर्ने विषयमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ ।

यससँगै कार्कीको रिटमा तत्काल कुनै पक्षमा अन्तिम निर्णय भएको छैन । सर्वोच्चले अन्तरिम आदेशबारे दुवै पक्षको भनाइ सुनेपछि मात्रै थप निर्णय गर्नेछ ।

अदालतको आदेशअनुसार विपक्षीहरूले लिखित जवाफ पेस गरेपछि मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोकिनेछ । त्यसपछि मात्रै कार्कीको पुनर्बहालीसम्बन्धी मागमा थप कानुनी प्रक्रिया अघि बढ्नेछ ।

यसरी आईजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगेका कार्कीले तत्कालका लागि राहत पाउन सकेका छैनन् । तर, अदालतले सरकारसँग जवाफ माग्नुका साथै दुवै पक्षलाई छलफलमा बोलाएकाले मुद्दाको सुनुवाइ भने अघि बढ्ने भएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी

बुधबार ३ मङ्सिर, २०८३
१७ घण्टाअघि

एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले

बुधबार ३ मङ्सिर, २०८३
१७ घण्टाअघि

पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग

मङ्गलबार २ मङ्सिर, २०८३
२ दिनअघि

दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

मङ्गलबार २ मङ्सिर, २०८३
२ दिनअघि

काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू, छाप लागेको मासु मात्र बिक्री गर्न पाइने

मङ्गलबार २ मङ्सिर, २०८३
२ दिनअघि

१२ घण्टासम्म चल्ने दोस्रो शल्यक्रियाको तयारीमा शन्तनु, उपचारमा सरकारी सहयोग नपाएको भुसालको गुनासो

मङ्गलबार २ मङ्सिर, २०८३
२ दिनअघि
दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण
बुधबार ३ मङ्सिर, २०८३
नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी
बुधबार ३ मङ्सिर, २०८३
एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले
बुधबार ३ मङ्सिर, २०८३
बाल हिंसा अन्त्य गर्न नेपालका सात प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत
बुधबार ३ मङ्सिर, २०८३
भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात
बुधबार ३ मङ्सिर, २०८३
हिरासतमा राखिएको भन्दै ओलीको आक्रोश– ‘हामी किरा–फट्याङ्ग्रा हौँ?’
बुधबार ३ मङ्सिर, २०८३
कर्णालीमा पुल निर्माण अलपत्र पार्ने ठेकेदारमाथि कारबाही, दुई आयोजनाको सम्झौता रद्द
बुधबार ३ मङ्सिर, २०८३
एकैदिन सुनको भाउ ६ हजार ३ सय रुपैयाँले सस्तियो
बुधबार ३ मङ्सिर, २०८३
पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग
मङ्गलबार २ मङ्सिर, २०८३
दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
मङ्गलबार २ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०