डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि सरकारसँग वार्ताका लागि चिकित्सक संघको आग्रह

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० कार्तिक, २०८३
३ घण्टाअघि

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै नेपाल चिकित्सक संघले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

Advertisement

सरकारले गरेका नियुक्ति सच्याउन र विगतमा भएका सहमति कार्यान्वयन गर्न माग राख्दै डा. केसी आठ दिनदेखि सत्याग्रहमा छन्। लामो समयदेखि अनशनमा रहेका उनको स्वास्थ्यमा जटिल समस्या देखिएको संघले जनाएको छ।

संघले डा. केसीसँग तत्काल वार्ताको वातावरण बनाउन र उनले उठाएका जायज माग सम्बोधन गरी समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ।

त्यस्तै, डा. केसीको जीवन रक्षाका लागि आवश्यक कदमबारे छलफल गर्न संघले शुक्रबार दिउँसो १ बजे आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्ने जनाएको छ।

अघिल्लो सत्याग्रहका क्रममा सरकारले गरेका सहमति कार्यान्वयन नगरेको र त्यसविपरीत स्वार्थ बाझिने गरी स्वास्थ्य संस्थामा नियुक्ति गरेको भन्दै डा. केसी पुनः सत्याग्रहमा बसेका हुन्। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलामबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कमला पुल सञ्चालनको तयारीसँगै हुलाकी सडकको अतिक्रमण हटाउन थालियो

बिहिबार २० कार्तिक, २०८३
७ घण्टाअघि

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

बिहिबार २० कार्तिक, २०८३
८ घण्टाअघि

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव नेपालमा

बिहिबार २० कार्तिक, २०८३
१० घण्टाअघि

सात प्रतिष्ठानमा श्रम कानुन उल्लङ्घन, १२३ श्रमिक नियुक्तिपत्रबिना कार्यरत

बिहिबार २० कार्तिक, २०८३
१० घण्टाअघि

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने

बुधबार १९ कार्तिक, २०८३
१ दिनअघि

मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

बुधबार १९ कार्तिक, २०८३
१ दिनअघि
Official Inaugural Portrait of Vice President-Elect J.D. Vance / Daniel J. Torok
इरान युद्धलाई चुनावी हारको कारण देखाउँदै ट्रम्प प्रशासनमाथि भान्सको प्रश्न
बिहिबार २० कार्तिक, २०८३
डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि सरकारसँग वार्ताका लागि चिकित्सक संघको आग्रह
बिहिबार २० कार्तिक, २०८३
आईजीपी हटाउने निर्णयमाथि आङ्देम्बेको प्रश्न, सरकारको प्राथमिकतामाथि उठाए आपत्ति
बिहिबार २० कार्तिक, २०८३
प्रहरी नेतृत्व परिवर्तनमा राजनीतिक स्वार्थ होइन, कानुनी प्रक्रिया अपनाउन कांग्रेस सांसद राईको माग
बिहिबार २० कार्तिक, २०८३
कमला पुल सञ्चालनको तयारीसँगै हुलाकी सडकको अतिक्रमण हटाउन थालियो
बिहिबार २० कार्तिक, २०८३
सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो
बिहिबार २० कार्तिक, २०८३
साफ च्याम्पियनसिपमा भारत–पाकिस्तान भिडन्त, फुटबलमा पनि क्रिकेटकै तनाव दोहोरिने चासो
बिहिबार २० कार्तिक, २०८३
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव नेपालमा
बिहिबार २० कार्तिक, २०८३
सात प्रतिष्ठानमा श्रम कानुन उल्लङ्घन, १२३ श्रमिक नियुक्तिपत्रबिना कार्यरत
बिहिबार २० कार्तिक, २०८३
नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने
बुधबार १९ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०