इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ कार्तिक, २०८३
४ घण्टाअघि

विराटनगर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य तथा आणविक क्षमतामा ठूलो क्षति पुर्‍याइसकेको दाबी गर्दै अझै केही महत्त्वपूर्ण स्थलमा आक्रमण गर्न बाँकी रहेको बताएका छन्। उनले ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थललाई पनि सम्भावित निशानाका रूपमा उल्लेख गरेका छन्।

शनिबार फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको बताए। तर, इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने उनको भनाइ थियो।

Advertisement

ट्रम्पका अनुसार अमेरिकाले तत्काल थप सैन्य कारबाही गर्ने हतार गरेको छैन। यद्यपि, इरानका एक वा दुईवटा स्थलमा आक्रमण गर्न बाँकी रहेको र आवश्यक परे छोटो समयमै कारबाही गर्न सकिने उनले चेतावनी दिए।

उनले ‘पिकएक्स माउन्टेन’लाई भूमिगत आणविक परिसर हुन सक्ने आशङ्कासहित निशाना बनाउनुपर्ने बताएका छन्। तर, इरानले उक्त स्थानमा कुनै पनि आणविक गतिविधि नरहेको दाबी गर्दै आएको छ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानमाथि थप आक्रमण गर्नेबारे ट्रम्पले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्। उनले अमेरिकाले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न चाहेको पनि बताएका छन्।

अर्कोतर्फ, अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण हुन सक्ने ट्रम्पको चेतावनीका बीच इरानका सर्वोच्च नेताले अमेरिका र इजरायललाई नयाँ आक्रमण नगर्न चेतावनी दिएका छन्।

यसअघि ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गर्ने वा नगर्ने भन्ने विषयमा आफूले विचार गरिरहेको बताएका थिए। पछिल्लो अभिव्यक्तिले वार्तामार्फत समाधान खोज्ने प्रयाससँगै इरानमाथि थप सैन्य दबाब सिर्जना गर्ने अमेरिकी रणनीति पनि कायमै रहेको सङ्केत गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०