पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ असोज, २०८३
३ घण्टाअघि

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी अधिकारीहरूका अनुसार इमरान खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो। त्यसपछि पार्टीका नेता तथा कार्यकर्तालाई हिरासतमा लिन थालिएको हो।

Advertisement

खानका समर्थकहरू देशको कमजोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। हजारौँ समर्थक खैबर पख्तुनख्वामा पदयात्रामा सहभागी भइरहेका बेला अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आतङ्कवादी गतिविधि बढेपछि सुरक्षा चुनौतीसमेत गम्भीर बनेको छ।

पीटीआईका अनुसार प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई असाधारण संवैधानिक उपाय घोषणा भएको केही घण्टापछि पक्राउ गरिएको थियो। एक प्रशासनिक अधिकारीले उनलाई सुरुमा आधिकारिक निवासमा सुरक्षात्मक हिरासतमा राखिएको र पछि अर्को स्थानमा सारिएको जानकारी दिएका छन्। तर, उनलाई कहाँ लगिएको हो भन्नेबारे खुलाइएको छैन।

खैबर पख्तुनख्वा पीटीआईको प्रमुख राजनीतिक आधार क्षेत्र हो। सङ्घीय सरकारले प्रान्तीय प्रशासन आतङ्कवादी गतिविधि नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै आपत्कालीन शासन आवश्यक रहेको दाबी गरेको छ। सुरक्षा अवस्था सुधार नभएसम्म पीटीआई नेतृत्वको प्रान्तीय सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने सरकारको भनाइ छ।

यता, पीटीआईले भने आपत्कालीन शासनलाई अलोकतान्त्रिक कदम भन्दै विरोध गरेको छ। पार्टीले यसलाई सङ्घीय सरकारको सत्ता कब्जा गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ।

पूर्वक्रिकेट खेलाडीसमेत रहेका इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन्। सन् २०२३ मेमा सरकार र सैन्य प्रतिष्ठानविरुद्ध भएका हिंसात्मक प्रदर्शनपछि उनीमाथि भ्रष्टाचार तथा हिंसा भड्काएको लगायतका आरोप लगाइएको थियो। खान र उनको कानुनी टोलीले भने ती आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै आएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
५ घण्टाअघि

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
८ घण्टाअघि

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
१ दिनअघि

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
१ दिनअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
१ दिनअघि

इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी

शनिवार २४ असोज, २०८३
२ दिनअघि
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०