भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ असोज, २०८३
३ घण्टाअघि

२६ असोज, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा पर्ने भसभसे पहिरो यातायात सञ्चालनको प्रमुख बाधा बनेको छ। बेनी नगरपालिका–२ स्थित यस क्षेत्रमा सडक भासिने र हिलोमा सवारीसाधन फस्ने समस्या बढेपछि यात्रु तथा चालकले सास्ती भोगिरहेका छन्।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभाननजिकै रहेको भसभसेमा नदी कटान भएको थियो। त्यसपछि सडक भासिँदा सवारीसाधन सञ्चालन कठिन हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ।

Advertisement

पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित सडक पुलको पहुँचमार्ग कालीगण्डकी नदीले बगाएपछि वैकल्पिक मार्गका रूपमा बागलुङ–बेनी–मालढुङ्गा सडक प्रयोग भइरहेको छ। मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम पूर्व–पश्चिम र जाजरकोटबाट पोखरा तथा काठमाडौं आवतजावत गर्ने सवारीसाधनसमेत यही सडकमा निर्भर छन्। यसले सडकमा सवारी चाप थप बढाएको छ।

बेनी–२ खबराका कमल सुवेदीका अनुसार भसभसेमा सडक भासिएको ठाउँमा गाडी हिलोमा फस्ने, उकालो चढ्न नसक्ने र लामो समयसम्म जाम हुने समस्या छ। करिब एक सय मिटर सडक दुईदेखि तीन मिटर तल भासिएको र दबिएको उनले बताए।

गत आर्थिक वर्ष २०८१/८२ मा सडक डिभिजन कार्यालय बागलुङले पहिरो क्षेत्रमा भूमिगत पानी व्यवस्थापन र हिलो हुने भागमा ढलान गरेको थियो। तर, अहिले ढलान गरिएको सडकसमेत भासिएको छ।

जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सडक डिभिजन कार्यालयले ग्राभेल राख्ने र उपकरण परिचालन गरी मर्मतको प्रयास गरे पनि समस्या समाधान हुन नसकेको बताइन्। ग्राभेल राखेपछि पनि सडक पुनः दबिने गरेकाले फसेका सवारीसाधनलाई डोजरको सहायताले निकाल्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

भसभसे पहिरोका कारण नजिकैको खबरा गाउँसमेत जोखिममा परेको छ। समस्या दीर्घकालीन रूपमा समाधान गर्न म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पक्की पर्खालसहित तटबन्ध निर्माण गर्ने तथा पहिरोग्रस्त क्षेत्रमा सडकको सतह मिलाएर पक्की बनाउने पहल भइरहेको खत्रीले जानकारी दिइन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
१३ minutes

बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष

सोमबार २६ असोज, २०८३
४८ minutes

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै

सोमबार २६ असोज, २०८३
३ घण्टाअघि

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
१८ घण्टाअघि
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु
सोमबार २६ असोज, २०८३
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०