सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ असोज, २०८३
२ घण्टाअघि

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपके पक्राउ परेका छन्। उनलाई मुम्बईबाट फ्लाइटमार्फत दिल्ली पुगेपछि दिल्ली विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

दिपकेसँगै आशुतोष रान्का र सौरभ दास पनि पक्राउ परेका छन्। उनीहरू मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर प्रक्रिया निलम्बनको माग गर्दै जन्तरमन्तरमा आयोजित सीजेपीको विरोध प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका थिए।

Advertisement

यसअघि दिपकेले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आरोप लगाउँदै विरोध प्रदर्शनअघि नै सरकारले हार स्वीकार गरिसकेको दाबी गरेका थिए। उनले प्रदर्शनकारीमाथि कारबाही र प्रतिबन्ध लगाउनु शक्तिको नभई आफ्नै जनतासँग डराएको संकेत भएको बताएका थिए।

यसअघि प्रहरीले युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामस्थित उनको घरबाट पक्राउ गरेको थियो। राजधानी दिल्लीका विभिन्न स्थानबाट करिब ६०० अन्य समर्थकलाई समेत पक्राउ गरिएको बताइएको छ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दर्जनौँ मेट्रो स्टेसन बन्द गर्ने आदेश दिइएको छ भने केही रेल सेवासमेत रद्द गरिएको छ। भारतको सर्वोच्च अदालतले भने सबै मेट्रो स्टेसन एकैपटक बन्द नगर्न र केही रेल सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ।

सीजेपीले देशभर कम्तीमा १० हजार समर्थकलाई नियन्त्रणमा लिइएको आरोप लगाएको छ। प्रहरीले भने यसबारे विस्तृत प्रतिक्रिया दिएको छैन।

सीजेपीले मतदाता नामावली पुनरावलोकन अर्थात् एसआईआर प्रक्रियालाई लिएर विरोध गर्दै आएको छ। सन् २०२५ मा सुरु भएको पुनरावलोकनका क्रममा प्रारम्भिक मतदाता सूचीबाट १३ करोड ३० लाखभन्दा बढी नाम हटाइएको दाबी गरिएको छ।

यस विषयलाई लिएर भारतमा निर्वाचन प्रक्रिया, मतदाता अधिकार र मतदाता नामावलीको पारदर्शिताबारे बहस चर्किएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०