एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ असोज, २०८३
३ घण्टाअघि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता तथा नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेविरुद्ध मुद्दा अघि बढाएको हो।

Advertisement

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा सन् २०२४ को विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल व्यवस्थापन, खेल सामग्री खरिद, टिकट बिक्री तथा प्रायोजन रकममा अनियमितता भएको निष्कर्ष निकालिएको थियो।

अनुसन्धान प्रतिवेदनअनुसार बहराइन फुटबल संघबाट टिकट बिक्री राजस्वबापत प्राप्त हुनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको संस्थागत खातामा जम्मा नभएको तथा खेलका लागि बहराइनका खेलाडी र पदाधिकारीको हवाई टिकट खर्चबापत ३८ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकम एन्फाको खातामा जम्मा भएको उल्लेख छ।

त्यस्तै, केल्मी ब्रान्डका खेल सामग्री खरिदमा बोलपत्र प्रक्रिया पालना नगरेको, खरिदमा संलग्न कम्पनीहरूको स्वामित्वमा समानता रहेको तथा फिफाबाट प्राप्त ३३० अनलाइन टिकटको वितरण र बिक्रीमा पारदर्शिता नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ।

मुद्दा दायर गरिएका चार जनामध्ये कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे सीआईबीको नियन्त्रणमा रहेको जनाइएको छ। अध्यक्ष नेम्बाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतबाट म्याद जारी गरिदिन सरकारी वकिल कार्यालयले अनुरोध गरेको छ।

सरकारी वकिल कार्यालयले खेलकुद विकास ऐन, २०७७ र मुलुकी अपराध संहिता, २०७४ का सम्बन्धित प्रावधानअनुसार मागदाबी गरेको हो। मुद्दा दायर हुनु आरोपको न्यायिक निरूपण भइसकेको अवस्था भने होइन।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

शुक्रबार २३ असोज, २०८३
२ घण्टाअघि

१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी

शुक्रबार २३ असोज, २०८३
२ घण्टाअघि

३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

शुक्रबार २३ असोज, २०८३
३ घण्टाअघि

दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको भीड

शुक्रबार २३ असोज, २०८३
३ घण्टाअघि

गगनको नाममा बाँडिएका प्यानल सूची ‘फेक’ हुन्ः विश्वप्रकाश शर्मा

शुक्रबार २३ असोज, २०८३
४ घण्टाअघि

पोखरामा स्कुल बस दुर्घटना, १८ बालबालिका घाइते

शुक्रबार २३ असोज, २०८३
४ घण्टाअघि
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी
शुक्रबार २३ असोज, २०८३
एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर
शुक्रबार २३ असोज, २०८३
३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक
शुक्रबार २३ असोज, २०८३
दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको भीड
शुक्रबार २३ असोज, २०८३
गगनको नाममा बाँडिएका प्यानल सूची ‘फेक’ हुन्ः विश्वप्रकाश शर्मा
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस दुर्घटना, १८ बालबालिका घाइते
शुक्रबार २३ असोज, २०८३
मतदान गर्न राष्ट्रिय सभागृह पुगे गगन थापा
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०