विराटनगर । त्रिशूली–भोटेकोशी महाविपद् अध्ययन विशेष संसदीय समितिको टोली नुवाकोटको विदुर नगरपालिका पुगेको छ।
टोलीले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा तीनै तहका सरकारका प्रतिनिधिसँग विपद् र त्यसपछिको अवस्थाबारे जानकारी लिएको छ।
समितिले खोज तथा उद्धार, राहत, अस्थायी आश्रय, आधारभूत सेवा तथा सम्पर्क सञ्जाल पुनःस्थापना, सुरक्षित पुनर्स्थापना र पुनर्वास लगायतका विषयमा सुझाव संकलन गरेको समिति सभापति गणेश पराजुलीले बताए।स्थानीय प्रतिनिधिहरूले आधारभूत सेवा र सम्पर्क सञ्जाल तत्काल पुनःस्थापना गर्न आवश्यक कानुनी व्यवस्था गर्न माग गरेका छन्।
गत भदौ १० गतेको विपद् र त्यसबाट भएको क्षतिको अध्ययन गर्न पराजुलीको नेतृत्वमा समिति गठन गरिएको हो।