दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ असोज, २०८३
२ घण्टाअघि

विराटनगर । दुहबी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन तथा सम्पन्न गरेका स्वास्थ्यसम्बन्धी कार्यक्रमको पालिकास्तरीय वार्षिक समीक्षा सुरु गरेको छ।

नगरपालिकाको सभाहलमा असोज १५ र १६ गते सञ्चालन हुने समीक्षा कार्यक्रममा नगर स्वास्थ्य शाखा, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत सञ्चालित कार्यक्रमहरूको समीक्षा भइरहेको छ।

Advertisement

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरपालिकाअन्तर्गतका १२ वटै स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य शाखा प्रमुख बिन्देश्वरप्रसाद महतो, उचितनारायण साहलगायत विभिन्न वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले सीमित स्रोतसाधनका बाबजुद नागरिकका आवश्यकता पूरा गर्न स्वास्थ्यकर्मीहरूले प्रभावकारी सेवा प्रवाह गरेको भन्दै सबै स्वास्थ्य संस्थालाई धन्यवाद दिए।

स्वास्थ्य शाखा प्रमुख महतोले प्रस्तुत गरेको विवरणअनुसार समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको अवस्था, उपलब्धि तथा सेवा प्रवाहका क्रममा देखिएका समस्याबारे छलफल भइरहेको छ। साथै आगामी दिनमा स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने उपायबारे पनि समीक्षा गरिने जनाइएको छ।

वार्षिक समीक्षामार्फत नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य कार्यक्रमको कार्यान्वयन अवस्था पहिचान गर्नुका साथै सेवा प्रवाहमा देखिएका कमजोरी, सुधार गर्नुपर्ने पक्ष र आगामी कार्यक्रमलाई थप व्यवस्थित बनाउने विषयमा निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ।

स्वास्थ्य शाखा प्रमुख महतोले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव तथा सिकाइलाई आगामी योजना र कार्ययोजनामा समेट्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर थप सुदृढ बनाउने बताएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०