चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १२ असोज, २०८३
३ घण्टाअघि

काठमाडौं । चार दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीपहिरो, लेदो तथा सडक भासिने घटनाले देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। विभिन्न जिल्लाका दर्जनौँ सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ भने कतिपय सडकमा एकतर्फी र निश्चित समयमा मात्र सवारी सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका छन्।

Advertisement

पासाङ ल्हामु राजमार्ग पूर्ण अवरुद्ध

रसुवाको पासाङ ल्हामु राजमार्ग त्रिशूली नदीमा आएको बाढीले नदी किनारको अधिकांश भाग कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। धुञ्चे हुँदै स्याफ्रुबेँसी पुग्ने मुख्य सडक बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

काठमाडौंको टोखाबाट छहरे, विदुर, नुवाकोट, दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पाच्र्याङ, भोर्ले, जिरो, किमि, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुञ्चे हुँदै स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने जनाइएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन प्रभावित

पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। धादिङको कृष्णभीर क्षेत्रमा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ। बेनिघाट रोराङ–१० स्थित पानीधारामा भने पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि अर्को सूचना जारी नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ।

बीपी र अरनिको राजमार्ग पनि प्रभावित

काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीबेँसीमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ।

धुलिखेल नगरपालिका–८ पकुचामा पहिरो खसेपछि अरनिको राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

मनाङमा सडक सम्पर्क प्रभावित

मनाङमा बेँसीसहर–खाङसार सडकखण्डमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। चामे–बेँसीसहर सडकखण्ड भने पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

लमजुङको बेँसीसहर–मनाङ सडक तथा मध्यपहाडी लोकमार्गमा समेत पहिरोका कारण यातायात प्रभावित भएको छ।

अन्य जिल्लाका सडक पनि बन्द

बागलुङको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग तथा कालिकोटको कर्णाली राजमार्ग पहिरो र लेदोका कारण अवरुद्ध भएका छन्।

गुल्मीमा रिडी–तम्घास मदनभण्डारी राजमार्ग, रुद्रबेनी–वामीटक्सार सडक तथा कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो र खोलाको बहाव बढेपछि यातायात प्रभावित भएको छ।

त्यस्तै, म्याग्दीको बेनी–जोमसोम, मुस्ताङको जोमसोम–कोरला, हुम्लाको कर्णाली करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, पाल्पाको सिद्धार्थ राजमार्ग तथा ललितपुरको कान्तिलोकपथमा पनि पहिरो तथा लेदोका कारण यातायात सञ्चालन हुन सकेको छैन।

तनहुँको पृथ्वीराजमार्ग र पर्वतको मालढुंगा–बेनी सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण सडकमा थप पहिरो तथा बाढीको जोखिम रहेकाले कतिपय सडकमा रातिको आवागमन रोकिएको छ भने जोखिमयुक्त सडकमा पूर्ण रूपमा यातायात बन्द गरिएको छ।

प्रहरीले सडकको अवस्था यकिन नगरी जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। आवश्यक यात्रा गर्नुपरेमा स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट प्राप्त सूचनाका आधारमा मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०