चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ असोज, २०८३
३ घण्टाअघि

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रहरीले अनुमति नदिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली फर्किएको छ।

आयोगको टोली जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको थियो। कार्यालयको गेटमा करिब ४५ मिनेटसम्म प्रतीक्षा गरे पनि प्रहरीले भेट्न नदिएपछि टोली त्यहाँबाट फर्किएको हो।

Advertisement

प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति महाराजगञ्जस्थित निवासबाट जबरालाई नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको थियो। अहिले उनलाई अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको बताइएको छ।

एसएसपी खड्काले जबरालाई सुरक्षा थ्रेट रहेको जानकारी पाएपछि रातारात कार्यालयमा ल्याएर राखिएको बताएका छन्। उनका अनुसार राति नै कुनै अप्रिय घटना हुन सक्ने जोखिमका कारण जबरालाई कार्यालयमा ल्याइएको हो।

जबरालाई नियन्त्रणमा लिँदा अदालतबाट पक्राउ पुर्जी लिइएको थियो वा थिएन भन्ने विषयमा पनि प्रश्न उठेको छ। सम्बद्ध स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिनुअघि अदालतबाट पक्राउ पुर्जी नलिइएको जनाइएको छ।

यसैबीच, मानव अधिकार आयोगको टोलीलाई समेत भेट्न नदिइएको घटनाले जबरालाई राखिएको स्थान र उनको अवस्थाबारे थप चासो बढाएको छ। आयोगले भेट्न खोज्नुको उद्देश्य र प्रहरीबाट भएको अवरोधबारे थप प्रक्रिया अघि बढाउने विषयमा भने स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत

आईतबार ११ असोज, २०८३
१ घण्टाअघि

चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग

आईतबार ११ असोज, २०८३
२ घण्टाअघि

देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आईतबार ११ असोज, २०८३
३ घण्टाअघि

मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प

आईतबार ११ असोज, २०८३
४ घण्टाअघि

कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा

आईतबार ११ असोज, २०८३
५ घण्टाअघि

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
२३ घण्टाअघि
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०