सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १० असोज, २०८३
१ दिनअघि

बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नारायणी नदीको बाढी पस्दा १६५ घरपरिवार प्रभावित भएका छन्। नदीको जलसतह निरन्तर बढिरहेका कारण सुस्ताका अन्य बस्तीसमेत उच्च जोखिममा परेका छन्।

सुस्ता गाउँपालिका–५ को थारु टोलबाट शुक्रबारदेखि बस्तीमा पस्न थालेको बाढीका कारण ७८ घरपरिवारलाई शुक्रबार दिउँसो नै सुस्तामा निर्माण गरिएको होल्डिङ सेन्टरमा सारिएको थियो।

Advertisement

गएराति सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए।

नदीमा पानीको बहाव अझै बढ्ने क्रममा रहेकाले जोखिममा रहेका परिवारलाई नारायणी नदीवारि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए। कच्ची घरमा बाढी पसेपछि अधिकांश स्थानीय समस्यामा परेका छन्।

शनिबार बिहान ७ बजे गरिएको मापनअनुसार गण्डक ब्यारेजमा नारायणी नदीको पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको छ।

सुस्ता गाउँतर्फ नारायणी नदीले धार परिवर्तन गरेका कारण नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्नेबित्तिकै बाढी बस्तीमा पस्ने गरेको वडा सदस्य आदम खानले बताए। नदीको जलसतह निरन्तर बढिरहेकाले सुस्ताका सबै बस्ती जोखिममा रहेको उनको भनाइ छ।

स्थानीयका अनुसार सुस्तामा निर्माणाधीन तटबन्धको काम भारतीय पक्षले रोकेपछि करिब १३२ मिटर क्षेत्रमा तटबन्ध निर्माण हुन सकेको छैन। यही क्षेत्रमा नदीले कटान गर्दै बस्तीतर्फ जोखिम बढाएको स्थानीयको भनाइ छ ।बाढीका कारण बस्तीका साथै उखु खेतीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखिममा रहेका परिवारलाई उद्धार गर्नुपर्ने अवस्था आए सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको जानकारी दिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार

आईतबार ११ असोज, २०८३
४३ minutes

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

आईतबार ११ असोज, २०८३
२ घण्टाअघि

हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत

आईतबार ११ असोज, २०८३
३ घण्टाअघि

चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग

आईतबार ११ असोज, २०८३
४ घण्टाअघि

चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो

आईतबार ११ असोज, २०८३
५ घण्टाअघि

देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आईतबार ११ असोज, २०८३
५ घण्टाअघि
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०