विराटनगर । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो।
१०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए भने रोहित पौडेलले ३३ र दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए।
बलिङतर्फ कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।अफगानिस्तानका फेसल खान अहमदजाई र नजिबुल्लाह जाद्रानले समान ३० रन तथा नङ्गेलिया खानले १७ रन बनाए।
समूह ‘ए’ मा रहेको नेपालको प्रतियोगितामा यो पहिलो खेल हो।