नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। बिहीबार ४ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदी शुक्रबार ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।