भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ असोज, २०८३
३ घण्टाअघि

विराटनगर । मौसम प्रतिकूल भई भारी वर्षा तथा हिमपात हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्गअन्तर्गतका उच्च हिमाली क्षेत्रमा पदयात्रामा अस्थायी रोक लगाएको छ।

प्रशासनले बिहीबार सूचना जारी गर्दै शुक्रबारदेखि आइतबारसम्म तीन दिनका लागि उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा आवागमनमा रोक लगाइएको जनाएको हो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेपछि सम्भावित मानवीय क्षति रोक्न जिल्ला सुरक्षा समिति मनाङको बैठकले पदयात्रा स्थगन गर्ने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यो अवधिमा विश्वप्रसिद्ध तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, काङ्ग्ला पास, भिमथाङलगायत जिल्लाका अन्य उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न पाइने छैन।

मौसमजन्य विपद्को उच्च जोखिम रहेकाले जोखिमयुक्त क्षेत्रमा आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रशासनले जनाएको छ।

यसैबीच, पदयात्राका क्रममा बाटोमै रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई तत्काल सुरक्षित स्थान वा नजिकैको होटल तथा लजमा आश्रय लिएर बस्न प्रशासनले आग्रह गरेको छ।

मौसममा सुधार नआएसम्म यात्रा अघि नबढाउन तथा सुरक्षा निकायबाट जारी निर्देशनको पूर्ण रूपमा पालना गर्न पदयात्री, पर्यटन व्यवसायी तथा सम्बन्धित सबैलाई प्रशासनले अनुरोध गरेको छ।

प्रकाशित समय: बिहिबार ८ असोज, २०८३, १७:२९:२२

सम्बन्धित खबर

लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने

बिहिबार ८ असोज, २०८३
३ घण्टाअघि

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

बिहिबार ८ असोज, २०८३
४ घण्टाअघि

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित

बिहिबार ८ असोज, २०८३
४ घण्टाअघि

पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम

बिहिबार ८ असोज, २०८३
७ घण्टाअघि

रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार

बिहिबार ८ असोज, २०८३
८ घण्टाअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१० घण्टाअघि
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०