पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ असोज, २०८३
२ घण्टाअघि

विराटनगर । आगामी पाँच दिनसम्म देशका प्रमुख नदी तथा सहायक नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले नदी तथा खोलामा बहाव बढ्ने भन्दै तटीय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका बाढीविद् सौहार्द जोशीका अनुसार कोशी, नारायणी, कर्णाली, महाकालीसहित कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत नदीमा आगामी पाँच दिन जलसतह बढ्ने सम्भावना छ।
विशेषगरी कोशी नदी प्रणालीअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायत नदीमा जलसतह बढ्ने अनुमान गरिएको छ। त्यस्तै, नारायणी नदी प्रणालीअन्तर्गत नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा पनि बहाव बढ्ने पूर्वानुमान छ।
कर्णाली क्षेत्रमा कर्णाली, भेरी, तिला र पश्चिम सेती नदीमा पनि जलसतह बढ्न सक्नेछ। महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती र बबई नदीमा समेत बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
साना नदी र खोलामा आकस्मिक बाढीको जोखिम
ठूला नदीसँगै देशका विभिन्न जिल्लाका साना नदी, खोला तथा जलाधारमा पनि बहाव उल्लेख्य बढ्न सक्ने अनुमान गरिएको छ। केही स्थानमा पानीको बहाव अचानक बढेर आकस्मिक बाढी आउन सक्ने जोखिमसमेत रहेको महाशाखाले जनाएको छ।
आज विशेषगरी ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने सम्भावना छ। कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुरलगायत जिल्लामा सतर्कता आवश्यक देखिएको छ।
मधेस तथा बागमतीका सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा र पर्सालगायत जिल्लामा पनि साना नदी तथा खोलामा बहाव बढ्न सक्ने जनाइएको छ।
यस्तै, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा पनि जोखिम रहेको छ।
कर्णाली तथा सुदूरपश्चिमका रुकुम पूर्व–पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र कञ्चनपुरसम्मका जिल्लाका साना नदी तथा खोलामा समेत बहाव बढ्ने सम्भावना रहेको छ।

तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह
बाढी पूर्वानुमान महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। नदी किनार, खोला आसपास तथा पहिरो र बाढीको जोखिम भएका स्थानमा अनावश्यक रूपमा नजान र बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित राख्न आग्रह गरिएको छ।
अचानक पानीको बहाव बढ्न सक्ने भएकाले खोला तथा नदी तर्नुपर्ने अवस्था आएमा विशेष सावधानी अपनाउनुपर्नेछ। लगातार वर्षा भइरहेका बेला साना खोलामा समेत एक्कासि ठूलो बाढी आउन सक्ने भएकाले जोखिमलाई सामान्य रूपमा नलिन महाशाखाले आग्रह गरेको छ।
आगामी पाँच दिनसम्म नदीको जलसतह बढ्ने पूर्वानुमान रहेकाले स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायलाई पनि आवश्यक तयारी र निगरानी बढाउनुपर्ने अवस्था देखिएको छ।
महाशाखाका बाढीविद् सौहार्द जोशीले नदी तथा खोलाको तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई मौसम र बाढीसम्बन्धी सूचना निरन्तर हेर्न तथा सम्भावित जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित समय: बिहिबार ८ असोज, २०८३, १२:४९:५१
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०