काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुबाहक बस रोशी खोलाको बीचमा फसेको छ।
सडकखण्ड पार गर्ने क्रममा बस खोलाको बीचमा पुगेपछि कोल्टे परेर फसेको हो। बस खोलाको बीचमा फसेपछि त्यसमा सवार यात्रुहरूलाई स्थानीयवासीको सहयोगमा सुरक्षित रूपमा उद्धार गरिएको बताइएको छ।
घटनामा बसमा सवार यात्रुहरूको अवस्था सामान्य रहेको र हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको जनाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।