दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ भदौ, २०८३
२ घण्टाअघि

विराटनगर । दुहबी नगरपालिका–१२ स्थित बुगडरी चोकदेखि दक्षिणतर्फ बर्जु गाउँपालिकाको सीमासम्मको सडक कालोपत्रे हुने भएको छ। दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदारको पहलमा संघीय सरकारको करिब ५ करोड रुपैयाँ लागतमा सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढाउन लागिएको हो।
सडक डिभिजन कार्यालय विराटनगरले ठेक्का प्रक्रिया अघि बढाउन नगरपालिकालाई पत्राचार गरेपछि बिहीबार दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदार, उपप्रमुख मेनुका पोखरेल खतिवडा, नगरपालिकाका भाइस सब–इन्जिनियर अभिनाश गोसाई लगायतको टोलीले प्रस्तावित सडकको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा वडा नम्बर १२ का वडाध्यक्ष रामचन्द्र चौधरीले सहजीकरण गरेका थिए।
योजनाअन्तर्गत दुहबी–१२ को बुगडरी चोकदेखि दक्षिणतर्फ बर्जु गाउँपालिकाको सीमासम्म करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे गरिनेछ। त्यसैगरी, शाल्पादेवी मन्दिरसम्म थप ५ सय मिटर सडक कालोपत्रे गर्ने योजना रहेको जनाइएको छ। यससँगै स्थानीय बस्ती, कृषि क्षेत्र तथा धार्मिक स्थललाई सहज सडक सञ्जालमा जोडिनेछ।
नगरपालिकाका अनुसार सडक डिभिजन कार्यालय विराटनगरले आवश्यक प्रक्रिया अघि बढाएसँगै चाँडै ठेक्का आह्वान गरी निर्माण कार्य सुरु गरिनेछ। सडक निर्माणका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया अगाडि बढिरहेको जनाइएको छ।
उक्त सडक दुहबी नगरपालिकाको नगर यातायात गुरुयोजनामा समेत महत्वपूर्ण सडकका रूपमा समेटिएको छ। सडक कालोपत्रे भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन समेत ठूलो सहयोग पुग्नेछ ।
विशेषगरी दुहबी र बर्जु क्षेत्रका कृषकका लागि सडकको स्तरोन्नतिले कृषि उपज ढुवानीमा लाग्ने समय र खर्च घटाउने तथा बजारसम्मको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ। उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्‍याउन सके कृषकले आफ्ना उत्पादनको उचित मूल्य पाउने वातावरण बन्ने नगरपालिकाको विश्वास छ।
सडक निर्माणपछि यस क्षेत्रमा कृषि उपज संकलन तथा भण्डारण, कृषि सामग्रीको कारोबार र कृषि आधारित व्यवसाय विस्तारका लागि समेत वातावरण बन्ने अपेक्षा गरिएको छ। स्थानीय बस्तीलाई मुख्य बजार तथा व्यापारिक केन्द्रसँग जोड्ने भएकाले व्यापारिक गतिविधि बढ्नुका साथै रोजगारीका अवसर सिर्जना गर्न पनि सडकले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
यसैगरी, शाल्पादेवी मन्दिरसम्म सडक कालोपत्रे भएपछि धार्मिक तथा आन्तरिक पर्यटनका लागि समेत सहजता पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाले सडकलाई केवल आवागमनको माध्यमका रूपमा नभई कृषि, व्यापार, धार्मिक पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा अघि बढाउन लागेको जनाएको छ।

प्रकाशित समय: बिहिबार ४ भदौ, २०८३, १७:२०:२३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०