विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ साउन, २०८३
१ दिनअघि

विराटनगर । आवश्यक कानुनी प्रक्रिया र स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा नगरी विशेषज्ञ सेवा सञ्चालन गरेको पाइएपछि विराटनगरका सातवटा निजी आँखा अस्पताल तथा स्वास्थ्य संस्थामा प्रशासनले शिलबन्दी गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङ र स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशको संयुक्त अनुगमनका क्रममा ती संस्थाले प्रचलित कानुनी व्यवस्था तथा आवश्यक मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरिरहेको भेटिएपछि कारबाही गरिएको हो।
अनुगमनका क्रममा विराटनगर–१४ को विराट आँखा अस्पताल, विराटनगर–१५ को इफराह आँखा अस्पताल, विराटनगर–१० को सञ्जीवनी आइ केयर, विराटनगर–१३ को हिमाल आँखा अस्पताल, विराटनगर–९ को विराट रानी आँखा अस्पताल, विराटनगर–१५ को अखण्ड ज्योति आँखा अस्पताल प्रालि र विराटनगर–१३ को नेपाल आँखा अस्पताल प्रालि शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए।
प्रशासनका अनुसार ती स्वास्थ्य संस्थामा आवश्यक स्वीकृति तथा मापदण्ड पूरा नगरी विशेषज्ञ प्रकृतिका स्वास्थ्य सेवा सञ्चालन भइरहेको पाइएको थियो। अनुगमनपछि सम्बन्धित निकायले तत्काल सेवा सञ्चालनमा रोक लगाउँदै संस्थामा शिलबन्दी गरेको हो।
स्वास्थ्य संस्थाहरूले कानुनी प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गर्दा बिरामीको स्वास्थ्य तथा उपचारको गुणस्तरमा जोखिम उत्पन्न हुन सक्ने भएकाले मापदण्डको पालना गराउन अनुगमनलाई तीव्रता दिइएको प्रशासनले जनाएको छ।
अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका अन्य स्वास्थ्य संस्था फेला परेमा आवश्यकताअनुसार कारबाही अघि बढाइने प्रशासनको भनाइ छ।

प्रकाशित समय: बिहिबार २८ साउन, २०८३, १७:३२:४७

सम्बन्धित खबर

सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए

शुक्रबार २९ साउन, २०८३
११ घण्टाअघि

सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त

शुक्रबार २९ साउन, २०८३
१५ घण्टाअघि

धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने

शुक्रबार २९ साउन, २०८३
१६ घण्टाअघि

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

बिहिबार २८ साउन, २०८३
१ दिनअघि

बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम

बिहिबार २८ साउन, २०८३
१ दिनअघि

पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग

बिहिबार २८ साउन, २०८३
२ दिनअघि
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०