बुढीगंगा र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य उपचारमा सहुलियत दिने सम्झौता

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २५ साउन, २०८३
२ महिनाअघि

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच गाउँपालिकाका नागरिकलाई उपचारमा सहुलियत दिने सम्झौता भएको छ।

सम्झौताअनुसार बुढीगंगा गाउँपालिकामा बसोबास गर्ने नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बीमा, आमा सुरक्षा, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सुविधा प्रयोग गरिसकेपछि अस्पतालबाट थप उपचार आवश्यक परेका बिरामीलाई यो सहुलियत उपलब्ध गराइने सम्झौतामा उल्लेख छ।

Advertisement

स्वास्थ्य बीमा गरेका तर बीमा सुविधा प्रयोग गरिसकेका नागरिकका साथै बीमा नगरेका वा बीमा सक्रिय हुनुअघि उपचार आवश्यक परेका बुढीगंगाका बिरामीले समेत सम्झौताअनुसारको छुट पाउने व्यवस्था गरिएको छ।

सहुलियत लिन अस्पताल पुग्ने बिरामीले बुढीगंगा गाउँपालिकाका अध्यक्ष वा गाउँपालिकाले तोकेको पदाधिकारीको सिफारिस, आफ्नो परिचय खुल्ने कागजात र नागरिकताको प्रतिलिपि बुझाउनुपर्नेछ। १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि आवश्यक पर्नेछ।

यसैगरी, बुढीगंगा गाउँपालिका अस्पताल वा स्वास्थ्य चौकीबाट थप उपचारका लागि सिफारिस भएर आउने कोशी प्रदेशका अन्य बिरामीलाई समेत सम्झौताअनुसारको उपचार सहुलियत उपलब्ध गराइने भएको छ। त्यस्ता बिरामीले सम्बन्धित स्वास्थ्य संस्थामा जाँच गराएको कागजात र थप उपचारका लागि रिफर गरिएको विवरण साथमा ल्याउनुपर्नेछ।

सम्झौताअनुसार छुट सुविधा प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवामा मात्र लागू हुनेछ। आईभीएफ, प्लास्टिक सर्जरी, कस्मेटिक सर्जरी, क्याबिनमा बसेर उपचार गर्दा लाग्ने खर्च तथा औषधि र चिकित्साजन्य सामग्रीमा भने यो छुट लागू नहुने उल्लेख छ।

यो सम्झौता २०८३ साल साउन २२ गतेदेखि २०८४ साल असार मसान्तसम्म लागू हुने जनाइएको छ। दुवै पक्षको सहमतिमा सम्झौताका बुँदा परिमार्जन गर्न तथा सम्झौतालाई निरन्तरता दिन सकिने व्यवस्था पनि गरिएको छ।

गाउँपालिका र नोबेल मेडिकल कलेजबीच भएको यो सम्झौताले आर्थिक रूपमा कमजोर तथा उपचारका लागि विराटनगर आउने बुढीगंगाका नागरिकलाई निजी अस्पतालमा उपचार गराउँदा केही आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु

बिहिबार १५ असोज, २०८३
५० minutes

सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी

बुधबार १४ असोज, २०८३
१९ घण्टाअघि

इटहरीमा सीप तथा रोजगार मेला सुरु

बुधबार १४ असोज, २०८३
१९ घण्टाअघि

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

बुधबार १४ असोज, २०८३
२१ घण्टाअघि

महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल

बुधबार १४ असोज, २०८३
२२ घण्टाअघि

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो

बुधबार १४ असोज, २०८३
१ दिनअघि
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०