विराटनगर । ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै स्थानीयवासीले पाँचौँ दिन पनि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा स्थानीयवासी, जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिले आधा घण्टा राजमार्ग अवरुद्ध गरेका हुन्।
बुधबार सदनमा स्वास्थ्यमन्त्री निशा मेहताले लाहानमा बन्ने जानकारी गराएकी थिइन् । यसपछि ढल्केबर क्षेत्रमा विरोध सुरु भएको छ ।
संघर्ष समितिले मंगलबार बिहान ११ देखि १२ बजेसम्म र २७ गते बिहान ११ देखि दिउँसो १ बजेसम्म चक्काजाम गर्ने जनाएको छ ।
ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ मा पहिलोपटक बजेटसमेत विनियोजन गरेको थियो।