विराटनगर । केही समयअघि राप्रपा छाडेका नेता डा.धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ गठन गर्ने भएका छन्।
उनले यही साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सनातन धर्मसापेक्ष हिन्दु राज्य र अभिभावकीय भूमिकासहितको राजसंस्था पुनर्स्थापना पार्टीको मुख्य वैचारिक एजेन्डा रहेको बताए।
उनले आफू अध्यक्ष रहने पार्टीमा दुर्गा प्रसाईं सर्वमान्य नेताका रूपमा रहने जानकारी दिए। राजसंस्था हटेपछि देश संकटमा परेको उनको भनाइ थियो।