विराटनगर । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
उनले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत माध्यमबाट धार्मिक वा सामाजिक द्वेष फैलाउने, शान्तिसुरक्षामा असर पार्ने अफवाह, फोटो तथा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न अनुरोध गरेका हुन्।
सुनसरीको देवानगञ्जबाट सुरु भएको विवाद समाधानका लागि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।