देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १२ साउन, २०८३
२ महिनाअघि

सन्सुसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई पक्षीय युवा समूहबीच सुरु भएको विवाद हिंसात्मक बनेपछि उत्पन्न तनाव साम्य पार्ने प्रयास भइरहेका बेला मंगलबार साँझ फेरि दुई पक्षबीच भिडन्त भएको छ।
दिनभर हिन्दु पक्षले प्रदर्शन जारी राखे पनि साँझतिर मुस्लिम पक्ष पनि प्रदर्शनमा उत्रिएपछि दुवै पक्ष रड, भाला, खुँडा, तरबारलगायतका घरेलु हतियारसहित आमनेसामने भएका हुन्। आक्रमण र प्रत्याक्रमण भएपछि क्षेत्रको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार साँझ करिब ७ बजेदेखि दुवै पक्षका समूह एकअर्काविरुद्ध उत्रिएका हुन्। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उनका अनुसार दुवै पक्ष अहिले पनि छुट्टाछुट्टै समूह बनाएर बसिरहेका छन्।
यसअघि आइतबार राति भएको झडपका क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा कम्तीमा २१ जना घाइते भएका थिए, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
घटनापछि देवानगञ्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको भए पनि अवस्था पूर्ण रूपमा सामान्य हुन सकेको छैन। स्थानीय प्रशासनले शान्ति र संयम अपनाउन सबै पक्षसँग आग्रह गर्दै परिस्थितिलाई नियन्त्रणमा लिन प्रयास जारी राखेको जनाएको छ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०