विराटनगर । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्नका लागि दलहरूसँग छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको छ।
आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी, सातै प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति र मुख्यमन्त्रीहरूको बैठकले प्रदेशको राजनीतिक अवस्थाअनुसार सत्ता सहकार्यका लागि पहल जारी राख्ने निर्णय गरेको हो।
हाल कांग्रेस नेतृत्वमा चार प्रदेश सरकार छन्। मधेसमा कृष्ण यादव, बागमतीमा इन्द्रबहादुर बानियाँ, गण्डकीमा सुरेन्द्रराज पाण्डे र सुदूरपश्चिममा कमलबहादुर शाह मुख्यमन्त्री छन्।
यीमध्ये तत्कालका लागि मधेस र गण्डकी सरकार सुरक्षित देखिएका छन्।यसअघि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच शनिबार साँझ भएको सहमतिअनुसार पाँच प्रदेशमा सत्ता सहकार्य गर्ने तयारी भएको छ।
उक्त सहमतिले कांग्रेस नेतृत्वका बागमती र सुदूरपश्चिम प्रदेश सरकारमा संकट उत्पन्न भएको छ।
केन्द्रमा अन्य दलहरूसँग छलफलका लागि सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र आफूलाई जिम्मेवारी दिइएको बताए।
लुम्बिनी प्रदेशमा पनि कांग्रेसले सत्ता समीकरणको सम्भावना खोज्ने भएको छ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल ८३ सांसद छन्। एमालेसँग २९ र नेकपासँग सभामुखसहित १३ सांसद छन्।