विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुख हैरानी दिई सेवाग्राहीसँग घुसरिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।