विराटनगर । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ हुने भएको छ।
मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित २ आयुक्तहरूको सुनुवाइ साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको हाे ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्ययोजना वितरण गरिएको छ।